Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

एनपिएलमा दीपेन्द्रले कार जिते, ललितले पाए मोटरसाइकल

अन्य खेलाडीले कुन अवार्ड जिते ?


काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रुपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेरै कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेको हुन्। एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलएक्स कार प्राप्त गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रुपमा एपिएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपिएलकोे पहिलो संस्करणमा उपविजेता बनेको छ । कप्तान ऐरीले एनपिएलका ९ खेलबाट दुइ सय २७ रन जोड्दै ९ विकेट बनाएका छन् ।

यस्तै, एनपिएलको विजेता टोली जनकपुर बोेल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् । उनले एनपिएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपिएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै ४ रन समेत जोड्न सफल भए । ‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन् । उनले पाँच लाख रुपैयाँको चेक प्राप्त गरे । जैबले एनपिएलमा सुदूरपश्चिमको लागि दुई सय ७५ रन जोड्दै १२ विकेट लिएका थिए ।

जनकपुरबाट एनपिएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । एनपिएलमा ३५ चौकाप्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन्् । मिलान्थाले एनपिएलमा कुल दुई सय ९३ रन बनाएका छन् ।

यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । उनले दुई लाख रुपैयाँकोे चेक समेत प्राप्त गरेका छन् । निशमले जनकपुरको लागि दुई ४७ रन जोड्दै ७ विकेट आफ्नोे नाममा दर्ता गरेका छन् ।

कर्णाली याक्सका आइकोनिक खेलाडी विपिन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्डसहित ५० हजार रुपैयाँको चेक प्राप्त गरेका छन् । साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट दश लाख बराबरकोे छात्रवृृत्ति समेत प्राप्त गरेका छन् । विपिनले एनपिएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन् । एनपिएलको टोली लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ ।


क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #इलेक्ट्रिक फाइिङ, #नेपाल प्रिमियर लिग, #पहिलो संस्करण

तपाईको कमेन्ट लेख्नुहोस्