Techie IT
  • २२ माघ २०८१, मंगलबार
KhojPatrika

अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर


काठमाडौं । अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो ।

चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित्रिने ठुला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ । चीन विरुद्ध कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त हुँदै थियो ।

अमेरिकामा चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर कार्यान्वयनमा आएको छ । योसँगै चीनले पनि प्रतिरोधात्मक कर घोषणा गरेको हो ।

अमेरिकाले मेक्सिको र क्यानडा विरुद्ध लगाइएको २५र२५ प्रतिशत अतिरिक्त कर भने ३० दिनको लागि स्थगित गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #१० प्रतिशत कर, #अमेरिकाबाट आयात

तपाईको कमेन्ट लेख्नुहोस्