ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग व्यापार सम्झौताका लागि वार्ता गर्ने भएका छन् ।
अमेरिकाले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अतिरिक्त कर लगाएको एक दिनपछि अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले सो कुरा बताएका हुन् ।
कर बढाउने अमेरिकी निर्णय कार्यान्यन भएपछि यी दुई देशले पनि प्रतिकार गर्दै सोही किसिमका घोषणा गरेका छन् । अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले ३० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत करको योजना सार्वजनिक गरेका छन् ।
यसैगरी, २१ दिन भित्रमा थप १२५ अर्ब अमेरिकी डलर बराबरको समानमा करको योजना बनाउने उनले बताएका छन् ।मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियन बोउमले आफ्नो योजना आइतबार सार्वजनिक गर्ने बताएकी छिन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्