पोखरामा डेंगुका विरामी बढे

कास्की ४ भदौ । पोखरामा डेंगु संक्रमितको सङ्ख्या बढेर १ सय २१ पुगेको छ । साउनपछि हालसम्म पोखराका विभिन्न अस्तपतालमा डेंगुका संक्रमित विरामीको संख्यामा बृद्धि भएको हो । गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पतालमा डेंगुका विरामीको संख्यामा वृद्धि भएको छ । पोखरा महानगरपालिका ८ वरपरबाट धेरै डेंगेको विरामी भेटिएका छन् । त्यस्तै बडा नंं ९, १० र १७ मा पनि डेंगुका बिरामी भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले जनाएको छ । पोखरामा अहिले लामखुट्टेबाट हुने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा अभियान चलाइएको छ । चिकित्सकका अनुसार संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलिने गर्दछ । त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोकेमा रोग सर्ने गर्दछ । लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन ३ देखि ४ दिन सम्म लाग्न सक्छ । लामुट्टे पैदा हुन सक्ने स्थानहरु पहिचान गरी पानी जम्ने खाल्टाखुल्टी पुरेर यो रोगबाट बच्न सकिने चिकित्सकको सल्लाह छ । डेगुंको प्रकोप बढेसंगै डण्डकी प्रदेश सरकारले पनि विशेष सजकता अपनाएको छ । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले यसलाई रोकथाम गर्न जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिदै महानगरसँग मिलेर अघि बढ्ने बताए । अहिले लामखुट्टेको सिजन छ । बर्खायाम पानी जताततै जमेको हुन्छ । डेंगु सार्ने लामखुट्टेको विकास हुन सक्ने भएकोले आम नागरीक आफु स्वयम पनि सचेत हुन जरुरी देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, समाचार, स्वास्थ्य
ट्याग : #dengo
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्