कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन करिब दुई हजारको मृत्यु

काठमाडौं ३० चैत । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब एक लाख ९ हजार पुगेको छ । रोकथाम र निको हुने भन्दा मर्ने र थप संक्रमित हुने मात्रा बढेपछि कोरोना संक्रमण रोक्न थप चुनौतीपूर्ण भएको छ । पछिल्लो तथ्याङ्क अनुसार १७ लाख ८० हजार भन्दा बढी संक्रमित छन् । यस्तै, चार लाख तीन हजार उपचारपछि निको भइ घर फर्केका छन् । सबैभन्दा ठूलो अशर अमेरिका र युरोपेली मुलुकमा परेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ३० जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । यस्तै, बेलायतमा एकैदिन ९ सय १७ जनाको मृत्यु भएको छ भने फ्रान्समा ६ सय ३५, इटालीमा ६ सय १९ र स्पेनमा ५ सय २५ जनाको मृत्यु भएको छ । बेल्जियममा पनि पछिल्लो २४ घण्टामा ३ सय २७ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार, स्वास्थ्य
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्