Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

काठमाडौं उपत्यका प्रबेशमा निधेष,नाकामा आएका सवारी साधन फिर्ता


काठमाडौं २४ बैशाख । सरकारले लकडाउन जारी गरेपनि काठमाडौं उपत्यका भित्रने र बाहिरिने क्रम अझै रोकिएको छैन् । कोरोना महामारीको जोखिम कम गर्न र संक्रमण फैलिन नदिन गरिएको लकडाउन डेढ महिना पुग्यो । तर, सर्वसाधारणको आवात–जावत अझै रोकिएको छैन् । लकडाउन गरेको पहिलो÷दोस्रो साता लामो दुरी समेत पैदलै हिडेर सर्वसाधारण घर पुगे । तेस्रो र चौथो साता सांसद र स्थानीय तहका जनप्रतिनिधि नै सक्रिए भएर सर्वसाधारण काठमाडौंबाट गाउँ नै पुर्याए । लकडाउ छल्दै घर पुगेका सर्वसाधारण घरमै सुरक्षित बस्नुपर्ने हो । तर, यतिबेला बिभिन्न नाका हुँदै सर्वसाधारण राजधानी प्रबेश गरिरहेका छन् । कोरोना संक्रमित जिल्ला तथा प्रदेशबाटै राजधानी प्रबेश गर्नेको लर्को लागेपछि बिभिन्न नाकाहरुमा कडाई गरिएको छ । काठमाडौं उपत्यकामा प्रबेश गर्ने नाका नागढुङ्गा, फर्पिङ, मुड्खु, जगाती, जर्सिङपौवा लगायतका नाकाहरुबाट प्रबेश गर्नेहरुलाई निषेध गरिएको छ । बिभिन्न जिल्लाबाट आएका सवारी साधन तथा सर्वसाधारणलाई नाकाबाटै सोही स्थानमा फर्काउन थालिएको छ । सरकारले थपिएको लकडाउन पूर्ण पालना गराउनका लागि अव काठमाडौं उपत्यकामा प्रबेश नदिन निर्देशन दिएको छ । अव जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले उपलब्ध गराएका पासहरुको समेत मान्यता हुने छैन् । पास लिएर आएका सवारी साधन तथा सर्वसाधारण समेत प्रबेश गर्न पाउने छैनन् । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचार सम्बन्धी जोडिएका सवारी बाहेक अब उपत्यकामा प्रबेश गर्ने अन्य सवारी साधनलाई इन्ट्री गरिने छैन् । बुधबार मात्रै काठमाडौं उपत्यका छिर्न खोज्ने सयौं सवारी साधनलाई बिभिन्न नाकाबाट फिर्ता पठाइएको छ । लकडाउनको समयमा समेत उपत्यकामा दैनिक एक हजार ५ सय हाराहारीमा सवारी भित्रिने गरेका थिए । झण्डै ४ सय सवारी साधन त पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेखमा छ । अत्यावश्यक सावरीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भएपनि अन्य व्यक्तिहरु भने बाहिरिएको रेकर्ड छैन् । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणको जोखिम रहेको समयमा अत्यावश्यक काम बाहेक बाहिर निस्कने अवस्था होइन । तर, बिभिन्न बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिएर आवात–जावत गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । अझ् पास लिएर आवात–जावत गर्नेहरु कर्मचारी धेरै छन् । कर्णाली प्रदेशले आफनो क्षेत्रमा पर्ने बिभिन्न नाका बन्द गर्दा राजधानी भने खुलेआम छिर्न दिनु कोरोनाको जोखिम निम्त्याउनु हो । बुधबार बिहानै काठमाडौं महानगरपालिकी उपमेयर हरिप्रभा खड्गी नै नागढुंगा पुगेर सवारी साधन र सर्वसाधारणलाई नाकाबाटै फर्काइन । काठमाडौं कोरोनाको जोखिमबाट बचाउन यो पहल कदमी पक्कै पनि सकरात्मक हो । तर, यसले निरन्तरता पाउछ या पाउदैन् त्यो भने समयले नै बताउनेछ । किनकि राजधानी उपत्यकामा समेत लकडाउन उलंघन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #कोरोना महामारी

तपाईको कमेन्ट लेख्नुहोस्