Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

५ हजार २० जनाको पिसिआर परिक्षण गर्दा ११६ जनामा कोरोना पुष्टि


काठमाडौं । नेपालमा कोरोनाको पिसिआर परिक्षण एकसाता देखि न्युन छ । सोही न्युन परिक्षण भएका कारण नै यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै घटेको छ । बुधबार पछिल्लो २४ घण्टामा नेपालमा १ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । संक्रमितमध्ये ६४ दशमलब २ प्रतिशतको सफल उपचार भएको हो ।

त्यसैगरी ६ हजार १ सय १३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । कूल संक्रमितमध्ये ३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३६ वर्षिय पुरुष रहेका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ज्यादै कम भएको प्रवक्ता गौतमले बताए । प्रति दश लाखमा मृत्यु हुने संख्या अन्य राष्ट्रसँग तुलना गर्दा नेपालको कम रहेको हो । पछिल्लो २४ घण्टामा ५ हजार २० जनाको पिसिआर परिक्षण भएको छ । अहिलेसम्म कूल ६ लाख ११ हजार २ सय ३१ वटा कोरोना परीक्षण सम्पन्न भएको छ । तिमध्ये २ लाख ९८ हजार ८ सय २९ वटा पिसिआर र ३ लाख १२ हजार ४ सय २ वटा आरडिटी परिक्षण सम्पन्न भएको छ । देशभरका क्वारेन्टिनमा २४ हजार ५ सय २७ जना रहेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमितको संख्या

तपाईको कमेन्ट लेख्नुहोस्