नेपालमा कोरोना जित्नेको संख्या १२ हजार ४ सय ७७

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको हो । अर्थात ६९ दशमलव ३४ प्रतिशत निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित पछिल्लो २४ घण्टामा थप १ सय ५० संक्रमित थपिएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हालसम्म संक्रमित रहनेको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पसिआर परिक्षण भएको छ । यस्तै हालसम्म ७ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । ३ वटा जिल्लामा ५ सय भन्दाबढी कोरोना सङक्रमित छन् । जसमा रौतहट, कैलाली र वाजुरा रहेका छन् ।
त्यसैगरी ७ वटा जिल्लाहरु भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्लाहरु कोरोना मुक्त भएका छन् । मन्त्रालयले विदेशबाट फर्किएकाहरुका लागि १४ दिन होम क्वारेन्टिमा बस्ने मापदण्ड स्वीकृत गरेको छ । कोरोनाको कारण लामो समय सम्मबन्द रहेको अन्तरिक तथा बाह्य हवाईउडानहरु सञ्चालन गर्ने जानकारी दिदै सम्बन्धित निकायले तोकिएको मापदण्डको पूर्ण पालना गरि हवाई सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना कोरोना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् ।
अहिलेसम्म कूल ६ लाख ३६ हजार २ सय ३७ वटा कोरोना परीक्षण सम्पन्न भएको छ । तिमध्ये ३ लाख २३ हजार ८ सय ३५ वटा पिसिआर परिक्षण सम्पन्न भएको छ । पछिल्लो दिनमा आरडिटी परिक्षण गरिएको छैन् । अहिले देशभरका २७ वटा प्रयोगशालमा कोरोना परिक्षण भइरहेको छ । क्वारेन्टाइनमा २१ हजार ७ सय ४ जना रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #निको हुनेको संख्या १२ हजार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्