बीरगञ्जमा ३२ जनामा कोरोना पुष्टि, निशेधाज्ञा जारी गर्नुपर्ने मेयरको प्रस्ताव

काठमाडौं । पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका ५ जना थुनुवा पनि छन् । उनीहरु मध्ये चार जना भारतीय नागरिक हुन् । अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् भने केही आफैं शंका लागेर जाँच गराएका पनि छन् ।
साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका नारायणी अस्पतालका स्वीपरको २३ बर्षीय छोरामा कोरोना देखिएको छ । यसअघि उनको दुई जना छोरीमा पनि कोरोना देखिएको थियो । उनकै कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३५ बर्षिय अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । साउन १ गते कोरोना संक्रमण पुष्टि भएकी वीरगञ्ज–१४ श्रीपुरकी १८ बर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–२९ की २५ बर्षिया किशोरी, वीरगञ्ज–१३ की ४८ बर्षिया महिला र ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १ गते कोरोना संक्रमण पुष्टि भएकी २२ बर्षीया महिलाको कन्ट्याक्ट ट्रेसिङमा परेका छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार, स्वास्थ्य
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्