जाजरकोटबाट थालनी भयो भोक बिरुद्धको सहायता अभियान

जाजरकोट । बषौबर्षदेखि भोकमरीको चपेटामा परेका जाजरकोटका दलित तथा बिपनन् समुदायहरु यतीबेला गाँसको खोजिमा रहेका छन । दिनभरी कामको खोजीमा रहने यी बस्तीहरुलाई बेलुकीमा चुलो नबल्ने डर पैदा हुन्छ । जिल्लाका दलित तथा बिपन्न बस्तीहरुलाई गाँसको संकट परेका बेलामा सामाजिक अभियन्ता तथा जीवन रुपान्तरणका बिश्व प्रशिक्षक नरबहादुर कार्कीले थालनी गरेको भोक बिरुद्धको अभियान जाजरकोटबाट सञ्चालन भएको छ । जाजरकोट बिपद सरोकार समितिको समन्वय तथा सहकार्यमा जिल्लाका सातैवटा स्थानियतहमा खाद्यान्न बितरण गर्ने भएको सामाजिक अभियन्ता तथा बिश्व प्रशिक्षक कार्कीको भनाई रहेको छ ।
पहिलो चरणमा भोक बिरुद्धको सहायता अभियानले पहिलो चरणमा ३ सय भन्दाबढी घरपरिवारलाई बितरण गर्ने भएको जाजरकोट बिपद सरोकार समितिका सह–संयोजक राजेन्द्र कार्कीले बताए । उनका अनुसार शिवालय गाउँपालिकामा ३० , छेडागाड नगरपालिकामा ४० जुनिचाँदे गाउँपालिकामा ३० घरपरिवारलाई बितरण भएको छ । अन्य बारेकोट गाउँपालिकामा भेरी नगरपालिका र कुशे गाउँपालिकामा बितरण गर्न बाँकी रहेको छ । यता बिहान बेलुका चुलो बाल्नुमा संकट भएका बिपन्न परिवारहरुले खाद्यान्न पाउँदा खुसी भएका छन । खेतबारी घर पहिरोले बगायो ।
बिहान र बेलुका हातमुख जोड्ना धौधौ भएको बेलामा केहीं खाद्यान्न पाउदा खुसी भएको शिवालय गाउँपालिका ४ का टेकबहादुर बुढाले बताए । अर्का खाद्यान्न पाएपछि जुनिचाँदे गाउँपालिका १ का तुल्छे रावतले पनी खुसी ब्यक्त गरेका थिए । घरमा अन्न नभएपछि कसरी छाकटार्ने भन्ने समस्याले सताई रहेका बिपन्न परिवारहरुले दाल तथा चामल पाएपछि पेट भर्न पाईने भो भन्दै खाद्यान्न सहयोगीहरुलाई धन्यवाद समेत ब्यक्त गरेका थिए । खाद्यान्न बितरणमा शिवालय गाउँपालिकामा कार्यवाहक अध्यक्ष कुमारी थापा र वडाध्यक्ष मानबहादुर पुनले बितरण गरेका थिए । छेडागाड नगरपालिका ५ थहलबजारमा बितरण भएको थियो । उक्त बितरणमा वडाध्यक्ष महेन्द्रबहादुर शाही र जुनिचाँदे गाउँपालिकामा कार्यवाहक अध्यक्ष शिवा आचार्यले बितरणमा सहयोग गरेका थिए ।
यस्तै, खाद्यान्न हस्तान्तरण कार्यक्रममा डिस होमका जाजरकोट प्रतिनिधी बसन्त प्रसाद शर्मा, विपद सरोकार समिति जाजरकोटका सदस्य केहीं अन्य प्रतिनिधीहरु पनी रहेका थिए । भोक बिरुद्धको अभियानले जाजरकोट मात्र नभई कर्णालीका सबै जिल्लामा चलाउँने सामाजिक अभियन्ता कार्कीले बताए । अभियन्ता कार्कीका अनुसार यस अभियानमा बिशेष सहयोग गर्ने डिस होम, प्रालि लाइन्स क्लब, संगम पब्लिकेशन,हेम एण्ड माया फाउन्डेसन, आठराई प्रकाशन, भुपु गोर्खा सत्याग्रह समिति, सर्मपण सेवा संस्था, वि सर्भ, रिड मोर पब्लिकेशन लगायत अन्य संघसंस्थाहरुले पनी सहयोग जुटाएको उनले बताए ।
कर्णालीका बासीन्दाहरुले भोक र रोकले कोहीं पनी मर्न नपरोस भनेर अभियानको थालनी गरिएको सामाजिक अभियन्ता तथा जीवन रुपान्तरणका बिश्व प्रशिक्षक कार्की को भनाई रहेको छ । साथै कर्णालीको भोको पीडालाई बुझने सहयोग जुटाउँने सबैमा धन्यवाद समेत ब्यक्त गदै अभियन्ता कार्कीले आगमी सहयोगमा जुट्ना सबैमा आग्रह गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #भोक बिरुद्धको सहायता
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्