पर्सामा लागुऔषध कारोबारीको भागाभाग, १ लाख १० हजार भारतीय रुपैयाँ बरामद

काठमाडौं । पर्साको जगरनाथपुर ६ स्थित मनियारीमा लागुऔषध कारोबारीको भागाभाग भएको छ । कारोबारी भाग्दा १ लाख १० हजार भन्दा बढी भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ । मनियारीस्थित एक विद्यालयमा लागुऔषध, गाँजा र चरेसको कारोबार भइरहेको विशेष सूचनाको आधारमा पोखरीयाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालको नेतृत्वमा गएको टोलीले १ लाख १० हजार ६ सय ५० भारतीय रुपैयाँ बरामद गरेको हो ।
तीन/चार जनाको समूहमा रहेको कारोबारीहरु शनिबार बिहान साढे ९ बजे सशस्त्र प्रहरी घट्नास्थल पुग्नेवितिकै पैसा छाडेर फरार भएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले जानकारी दिए । फरार भएकाहरुको खोजी कार्य जारी रहेको बताइएको छ । बरामद गरिएको रकम आइतबार आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #breeking, #सशस्त्र प्रहरी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्