एकैदिन ७ सय ३६ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्रै ३ सय ९१

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ५ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण हुँदा २ सय ९१ जना महिला र ४ सय ४५ पुरुष सहित ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा ३ सय ९१ जनालाई कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा २ सय ९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको छ । यसैगरी २४ घण्टामा ८४७ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४ सय १४ पुगेको छ । हाल ९५.४ प्रतिशत संक्रमित कोरोनामुक्त भएको जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएको अवस्था आवश्यक मापदण्डको पालना नभएको बताउदै मापदण्डको पालना गर्न र गराउन आग्रह गरेको छ । हाल नेपालमा ९ हजार ७ सय ५७ सक्रिय कोरोना संक्रमित रहेका छन् । उनीहरु मध्ये ६ हजार ९४ जान होमआइसोलेसनमा रहेका छन् भने बाकी संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् । उपचारमा रहेका मध्ये २ सय ८९ जना आइसयिु र ५९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । देशभरका क्वारेन्टिनमा ४ सय ५२ जान रहेका छन् । अलिेसम्म १८ लाख ४९ हजार १ सय ३६ जनाको पिसिआर परिक्षण भएको छ । हाल काठमाडौ लालितपुर कास्कीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् । मनाङमा कोरोना संक्रमित छैन्न ।
क्याटेगोरी : देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्