Techie IT
  • १७ वैशाख २०८२, बुधबार
KhojPatrika

ताला काट्दै ललितपुर स्काउटले भन्यो हस्तक्षेप स्वीकार्य छैन्


पुष १ गते ।
स्थानः ललितपुरको जिल्ला स्काउट कार्यालय ।
समयः बेलुका पौने पाँच बजे ।
जिल्ला स्काउट कार्यलयका सचिव बाबुकाजी मर्हजन कार्यालयको दैनिक कार्यहरुमा ब्यस्त थिए । उनीसँगै कार्यालय सहयोगी मेनुका श्रेष्ठ पनि आफनो काममा ब्यस्थ थिइन भने स्काउटर सोहन सिहं स्काउट कार्यालयमा थिए । सबै जना आफनो काममा ब्यस्त भइरहँदा अकस्मात चार पाँच जनाको समुह ललितपुर जिल्ला स्काउटभित्र प्रवेश गर्छ र कार्यालय सचिव महर्जनलाई उपत्यकाका जिल्ला स्काउट कार्यालयहरुमा ताला लगाउने कार्यक्रम भएकाले बाहिर गइदिन आग्रह गर्छन् ।
महर्जन अच्चमित हुदै बाहिर निस्केर जिल्लााका पदाधिकारीलाई फोन गर्न नपाउदै चार पाँच जनाको समुहले जिल्ला स्काउटको कार्यालयमा तालावन्दी गदै १० बुँदे माग सहितको ब्यानर टासेर निस्कन्छन् । १० बुँदे माग गदै टाँस गरिएको ब्यानरमा नेपाल स्काउट प्रगतिशिल केन्द्रीय सर्घष समिति भनेर उल्लेख गरिएको थियो । यो विचमा कार्यालय सचिव महर्जन आतिदै जिल्लाका विभिन्न पदाधिकारी र स्काउटरहरुलाई फोन गर्छन र केही बेरमा जिल्लाका विश्व श्रेष्ठ, गोपाल महर्जन, सुरेन्द्र काररञ्जित, नेमा सिहं लामा लगायतका पदाधिकारी र स्काउटरहरु जिल्ला स्काउट कार्यालयमा पुग्छन ।
अकस्मात कसले यस्तो गर्यो भनेर सबैजना आच्चर्य चकित हुदै झुण्डाइएको ब्यानर हटाउदै ताला फुटाउछन् । यो विचमा जिल्ला भरिका सम्पुर्ण स्काउटरहरुलाई जिल्लामा भएको घटनाबारे जानकारी भइसक्छ । र विहिवार बिहान जिल्लाका सम्पुर्ण स्काउटरहरुको आकस्मिक बसेर घटनाको घोर भत्सना गरेका छन् । नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक अशोक नरसिंह श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अज्ञात समूहले पुष १ गते लगाएको ताल्चा खुलेको  र यस्ता गतिविधि ललितपुर जिल्ला स्काउटलाई स्वीकार्य नभएको भन्दै उक्त घटनाको भत्र्सना गदै विज्ञप्ती जारी गरेको छ । बैठकले जिल्ला स्काउट सहयोगी समुह गठन गरेको छ ।
विश्व श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिले स्काउटिङमा ललितपुर जिल्लाले बनाएको साखलाई जोगाउदै जिल्लामा रहेका स्काउटर बिच समन्वय गदै गैर स्काउट गतिविधि रोक्ने र ललितपुरका स्काउटहरु स्काउटिङका लागि सधै एक हुने प्रतिबद्धता जनाएका छन् ।
यस्तै, नेपाल स्काउट प्रगतीशिल केन्द्रीय सर्घष समितिले भने वर्तमान नेतृत्वले गरेका गतिविधि कानुन विपिरीत भएको र सम्पती जोगाउन तालावन्दी गरिएको बताएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #ललितपुरको जिल्ला स्काउट, #स्काउट

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं