Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रपति भण्डारीको निर्देशन


काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले कार्यक्रमलाई विद्यालय शिक्षाको विकासमा केन्द्रीत भई अघि बढ्न निर्देशन दिएकी हुन् । उनले पुर्वाधार विकास एवं शैक्षिक सुधारका लागि योगदान पुग्नेगरी स्रोतको परिचालन तथा समयमै काम सम्पन्न गर्नेगरी निर्देशन दिइन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झा, शिक्षा सचिव गोपीनाथ मैनाली, शिक्षा मन्त्रालयको महाशाखा प्रमुख डा. तुलसी थपलिया र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको उपस्थिति रहेको थियो । सरकारको चालु आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक कार्यक्रम तथा योजनामा उल्लेख भएको कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराउन मन्त्री श्रेष्ठ सहितको टोली आज मन्त्रालय टोली शितल निवास पुगेको थियो ।

छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले लक्ष्य अनुसार कार्यक्रमलाई अघि बढाउन सिङगो मन्त्रालय लागि परेको जानकारी दिए । कार्यक्रमकोबारे जानकारी गराउने क्रममा मन्त्री श्रेष्ठले हालसम्म गरेको कार्यप्रगतिको बारेमा जानकारी दिएका थिए । उनले कार्यक्रमको लक्षित बजेट अनुसार काम गर्न प्रकृया अघि बढाइएको जानकारी दिए । आयोगका अध्यक्ष डा. झाले बजेटमा उल्लेख भएका विषयलाई तत्काल कार्यान्वयन गर्नेगरी अघि बढाइनुपर्ने कुरामा जोड दिए ।

कोभिड १९ का कारण गत आबमा कार्यान्वयन हुन नसकेको बजेट चालु आबमा कार्यान्वयन हुनेगरी प्रकृया अघि बढाइएको छ । सो क्रममा कार्यक्रमबारे सहसचिव डा.थपलिया र महानिर्देशक अर्यालले कार्यक्रमको उद्देश्य र मोडालिटीको बारेमा जानकारी गराएका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी

तपाईको कमेन्ट लेख्नुहोस्