आठविसकोट र सानीभेरीलाई रेडक्रसले दियो स्वास्थ्य सामाग्री

रुकुमपश्चिम । कोरोना भइरस रोकथाम, नियन्त्रण तथा उपचारमा सघाउ पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
रेडक्रसले आठबिसकोट नगरपालिकामा सुरक्षार्थ स्वास्थ्य सामाग्रीहरु सर्जिकल मास्क ६ सय पिस, थर्मल गन १ वटा, फेसिल २५ वटा, पल्स अक्सिमिटर ३ वटा, पीपीई एप्रोन सेट ४ सेट, हातधुने सावुन ५० वटा, सोडियम हाईपो क्लोराइड १५ लिटर, सोडियम हाईपो क्लोराइड पम्प २ वटा, डसबिन २ वटा, कोभिड १९ फ्लेक्स २ वटा र सेनिटाइजर ३५ वटा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुवप्रसाद लम्साललाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमका मन्त्री टेकबहादुर खड्काले जानकारी दिए ।
त्यस्तै रेडक्रसले सानीभेरी गाउँपालिकालाई पनि स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका मन्त्री टेकबहादुर खड्का लगायको टोलीले सानीभेरी गाउँपालिका कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष नरबहादुर पुनलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क ६ सय पिस¸ थर्मल गन १ वटा¸ फेसिल २५ वटा¸ पल्स अक्सिमिटर ३ वटा¸ पीपीई एप्रोन सेट ४ वटा¸ हातधुने साबुन ५० पिस¸ सोडियम हाईपो क्लोराइड १५ लिटर¸ सोडियम हाईपो क्लोराइड पम्प २ वटा¸ डसबिन २ वटा¸ सेनिटाइजर ३५ वटा र कोभिड(१९ फ्लेक्स २ वटा रहेका छन् ।
मन्त्री खड्काले रेडक्रसले वितरण गरेको स्वास्थ्य सामग्रीबाट कोरोनाको उपचारका केही सहयोग पुर्याउने बताएका छन् । स्वास्थ्य सामग्री पाएपछि नगरपालिका र गाउँपालिकाले रेडक्रसलाई धन्यवाद दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार, स्वास्थ्य
ट्याग : #नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, #मन्त्री टेकबहादुर खड्का
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्