कोभाक्सिन खोपको उत्पादन सम्बन्धि विस्तृत तथ्यांक सार्वजनिक

नयाँदिल्ली, काठमाडौं । कोभिड १९ बिरुद्ध कोभाक्सिन खोप उत्पादन कम्पनी भारत बायोटेकले खोपबारे अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ । भारत बायोटेक कम्पनीले कोभाक्सिन खोप उत्पादनमा अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको हो । कोभाक्सिन खोपको पहिलो र दोस्रो ट्रायल र तेस्रो ट्रायलको आंसिक तथ्यांकहरु भारत सरकार अन्तर्गतको नियामक निकायहरुले छानबीन गरेको कम्पनीले जनाएको छ ।
भारतमा मानिसको क्लिनीकल ट्रायल मार्फत तथ्यांकहरु सार्वजनिक गर्ने कोभाक्सिन मात्र एक खोप रहेको भारत बायेटेकले दाबी गरेको छ । कोरोनाको विभिन्न भेरियन्ट बिरुद्ध कोभाक्सिनको प्रभावबारे अध्ययन यसअघि नै बायोरसिभ, जर्नल अफ ट्राभल मेडिसिन जस्ता विभिन्न माधयम मार्फत सार्वजनिक गरिसकेको कम्पनीले बताएको छ ।
विज्ञप्तीमा भारतमा कोभिड १९ बिरुद्ध उच्च मात्रामा प्रभावशाली खोप र नयाँ भेरियन्टहरुबारे तथ्यांक भएको एक मात्र खोप कोभाक्सिन रहेको उल्लेख गरिएको छ । भारत बायोटेकद्धारा उत्पादित खोप कोभाक्सिन भारतको एक मात्र मौलिक खोप हो भने, सिरम इन्स्टीच्युट अफ ईण्डीयाद्धारा उत्पादित कोभिशिल्ड खोप बेलायतको अस्ट्रेजेनेका खोपको स्थानीय रुप भएको बताइएको छ । स्रोतः इकोनोमिक टाईम्स
क्याटेगोरी : देश/दुनियाँ, विदेश, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोभाक्सिन खोप उत्पादन, #भारत बायोटेक खोप
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्