Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

थप २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ९ र एन्टिजेन विधिबाट ९ सय ३५ रहेका छन् । यसमध्ये काठमाडौँमा ३ सय ५५, ललितपुरमा १ सय १२ तथा भक्तपुरमा ४७ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १ सय ८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ५३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १ सय ८७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० जना पुगेको छ ।

होम आइसोलेसनमा ३५ हजार ७५ जना, संस्थागत आइसोलेसनमा २ हजार ८ सय ७५, आईसीयूमा ६ सय ५७ तथा भेन्टिलेटरमा १ सय ९३ जना रहेका छन् । कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि

तपाईको कमेन्ट लेख्नुहोस्