चीनको एक मार्शल आर्ट बिद्यालयमा आगलागी हुँदा १८ जनाको मृत्यु

एजेन्सी । चीनको हेनान प्रान्तस्थित एक मार्शल आर्ट बिधालयमा आगलागी हुँदा १८ जनाको ज्यान गएको छ । हेनान प्रान्तस्थित सेन्सिङ मार्शल आर्ट सेन्टरमा आगलागी हुँदा १८ जनाको ज्यान गएको हो भने १६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ भने चार जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
मृत्यु तथा घाइते हुनेहरु अधिकांश सात देखि १६ बर्ष उमेर समुहका बालबालिका रहेको बताईएको छ । प्रहरीले अनुसनन्धानका लागि बिधालयका व्यवस्थापकलाई पक्राउ गरेको छ । स्रोतः सिफि
क्याटेगोरी : विदेश, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्