Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

पाकिस्तानमा आतंकवादी लडाकुको आक्रमणमा एक सैनिकको मृत्यु


एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा फ्रन्टिअर कोर्प बलोचिस्तानका एक सैनिकको आतंकवादी हमलामा परि ज्यान गएको छ । बलोचिस्तानको होशब जिल्लामा आतंकवादी लडाकुको आक्रमणमा फ्रन्टिअर कोर्प बलोचिस्तानमा कार्यरत एक सेनाको ज्यान गएको छ । आतंकवादी आक्रमणमा सेना किफायत उल्लाहको ज्यान गएको पाकिस्तान शसस्त्र बलको मिडिया तथा पब्लिक रिलेसन निकाय आइएसपीआरले जनाएको छ ।

आक्रमकारी आतंकवादीमाथि सेनाले कारबाही जारी राखेको छ । गत साता पनि बलोचिस्तानको सिबि क्षेत्रमा गस्तीमा रहेका सेनामाथि आतंकवादी लडाकुहरुले हमला गर्दा पाँच सैनिकहरुको ज्यान गएको थियो । पाकिस्तानको अफ्गानिस्तान र इरानसँगको सीमाक्षेत्र सुरक्षाका लागि बलोचिस्तान र खेबर पख्तुन्ख्वा प्रान्तहरुमा फ्रन्टिअर कोर्प बलोचिस्तान सेना खटाईएको छ ।

पाकिस्तानमा यो बर्ष २०२१ को पहिलो चार महिनामा मात्रै विभिन्न हिंसात्मक घटनाहरुमा परि करिब दुई सय जनाले ज्यान गुमाएका छन् । ती मध्ये ७० प्रतिशत ज्यान गुमाएकाहरु खेबर पख्तुन्ख्वा र बलोचिस्तान प्रान्तका रहेका छन् । स्रोत : लेटेस्ट्ली


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं