१०४ राष्ट्रमा डेल्टा भेरिएन्ट फैलियो, संक्रमणले भयावह रुप लिने सक्ने डब्लुएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १०४ राष्ट्रहरुमा डेल्टा भेरिएन्ट फैलिएको दाबी गर्दै यसले भयावह रुप लिने चेतावनी दिएको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले पछिल्लो समय डेल्टा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएकाले धेरै देशहरु प्रभावित हुन सक्ने बताएका हुन ।
बिगतको १० साता विश्वभर संक्रमण दर घटेका बेला पछिल्लो समय यो भेरिएन्ट निकै सक्रिय रहेको अनुसन्धानबाट खुलेको भन्दै गेब्रेसियसले नियन्त्रणका लागि तयारी रहन निर्देशन दिएका छन् । यो भेरिएन्टले कोरोनाको खोप नलगाएका व्यक्तिहरु बढी संक्रमित हुने गरेको भन्दै खोप अभियानमा तीव्रता दिन उनले सुझाव दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #१०४ राष्ट्रहरुमा डेल्टा भेरिएन्ट, #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्