Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

सिंगापुरमा नेत्रहीन वृद्धलाई सहयोग गर्ने भारतीय नागरिकको चर्चा


एजेन्सी । सिंगापुरमा एक नेत्रहीन वृद्धलाई सहयोग गर्ने भारतीय नागरिकको प्रशंसा भएको छ । सिंगापुरमा एक नेत्रहीन वृद्धलाई सडक पार गरी पोलीक्लिनीक जान सहयोग गर्ने भारतीय नागरिकको प्रशंसा भएको हो । भारतको तमिलनाडुस्थित सिवगंगाई स्थायी घर भएका २६ बर्षीय गुनासेकरन मनीकन्दन सिंगापुरमा प्रशंसाका पात्र बनेका हुन् ।

सिंगापुरमा भूमि सर्वेक्षण सहायकको रुपमा अङ मो कीओ अभेन्यु सिक्समा काम गरिहेको बेला गुनसेकरणले नेत्रहीन वृद्धलाई सडकमा देखेका थिए । ती वृद्धा सडर पार गर्न धेरै लामो समयसम्म उभिएको देखेपछि उनले सडक पार गराएका हुन् । साथै उनले ती वृद्धलाई पोलीक्लिनिकसम्म पुग्न सहयोग गरेका छन् ।

नेत्रहीन वृद्धलाई सडक वार गराईरहेको भिडियो सर्वसाधारणहरुले फेसबुकमा पोष्ट गरेपछि उनको प्रशंसा भएको हो । उक्त भिडियो हालसम्म तीन लाख भन्दाबढीले हेरिसकेका छन् । उक्त भिडियो सार्वजनिक भएपछि सिंगापुरस्थित अस्योरेन्स केयर एण्ड इंगेजमेन्ट ग्रुपले गुनसेकरनलाई सम्मानको टोकन प्रदान गरेको जनशक्ति मन्त्रालयले जनाएको छ । सिंगापुरमा जनशक्ति मन्त्रालय मातहतमा गत बर्ष अस्योरेन्स केयर एण्ड इंगेजमेन्ट ग्रुप गठन गरिएको हो । उक्त निकायले उदाहरणीय र सहयोगी काम गर्ने विदेशी कामदारहरुलाई सम्मान र प्रशंसा गर्नेगर्दछ । स्रोतः हिन्दुस्तान टाईम्स


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #नेत्रहीन वृद्ध

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं