Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

पश्चिम युरोपमा आएको बाढीमा कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय २० पुग्यो


काठमाडौं । पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय २० पुगेको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो जर्मनीका रहेका बीबीसीले जनाएको छ । बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएको बताइएको छ । बाढीका कारण सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीले जनाएको छ । जर्मनीका मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी एक सय वर्षयताकै खतरनाक भएको जानकारी दिए ।

एक महिनामा पर्नु पर्ने पानी २४ घण्टाभित्रै परेको मौसम विभागले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको छ । जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमा आएको बाढीलाई विनाशकारी बाढीको संज्ञा दिएकी छन् । उनले बाढीका कारण विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा जोडतोडका साथ लाग्न निर्देशन दिएकी छन ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #पश्चिम युरोपमा आएको बाढी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं