उठ्न सकेन कोरोना महामारीका कारण सिथिल बनेको पर्यटन क्षेत्र
साना तथा लघु उद्योगहरु अत्याधिक मारमा

काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष र यसपाली जारी गरिएको निषेधाज्ञाका कारण मुलुकको आर्थिक अवस्था कमजोर बन्न पुगेको छ । कोरोना महामारीको पहिलो लहरमा गरिएको तीन महिना लामो लकडाउन र दोस्रो लहर जारी निषेधाज्ञाले उद्योगधन्दा गरेर खाने वर्गलाई पनि बाटोमा ल्याएको छ । मुलुकको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको औधोगिक र पर्यटन क्षेत्र आर्थिकरुपमा जिर्ण बनेका छन् । नेपाल राष्ट्र बैंक, उद्योग मन्त्रालय, राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको छाता संगठनहरुको अध्ययन अनुसार कोभिड १९ का कारण सवैभन्दा बढी लघु घरेलु तथा साना उद्योगहरु प्रभावित बनेका छन् । त्यसपछि पर्यटनमुलक उद्योग बढी प्रभावित बनेका छन् ।
यसले पर्यटन क्षेत्रतर्फका हवाइ सेवा, होटल, रेष्टुरेन्ट, दोहोरी साँझ, क्यासिनो, साहसिक खेल जस्ता क्षेत्र ठप्प जस्तै बनेका छन् । डेढ बर्षको अवधिमा गरिएका बन्दाबन्दीका कारण अन्तराष्र्टि«य उडान नियमित हुन सकेको छैन । आन्तरिक उडान पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । पर्यटकलाई आकर्षित गर्ने हरेक क्षेत्र कोरोनाको महामारीले डुबेका छन् । डेढ बर्षको अन्तरालमा पर्यटन व्यावसायले एक खर्बभन्दा बढीको घाटा व्यहोरेको छ । होटल व्यावसायमा दैनिक ७ देखि ८ करोडसम्म घाटा भइरहेको छ । मजदुरहरु हातमुख कसरी जोर्ने भन्ने समस्यामा छन् । मजदुरलाई तलब ख्वाउनका लागि मात्रै भए पनि सहज ऋणको व्यवस्था गरि दिनु पर्ने माग बढ्दो छ ।
पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल अघिल्लो सरकारले बजेटमार्फत पर्यटन व्यावसायीलाई राहत दिने खालका कार्यक्रम ल्याएको थियो । उनी अघिल्लो सरकारको राम्रा कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिनु पर्ने माग गर्छन् । उद्योग मन्त्रालयका अनुसार प्रतिकुल समयमा पनि ४० प्रतिशत ठूला मझौला उद्योगहरु चलेका थिए । उद्योग विभागका महानिर्देशक विनितमणी उपाध्याय धरायशी बनेको पर्यटन तथा अन्य उद्योग व्यवसायलाई सहुलियतपूर्ण कर्जा, पुर्नकर्जा उपलब्ध गराउनु आवश्यक भइसकेको बताउँछन् । विभागका अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादनमा १४ प्रतिशत योगदान औद्योगिक क्षेत्रको रहेको छ ।
आयात निर्यात त्यति प्रभावित नभएका कारण व्यापार व्यावसाय क्षेत्रमा भने ठूलो असर नपरेको दाबी विभागको छ । निषेधाज्ञाका बेलामा पनि ६० देखि ७० प्रतिशतसम्म उद्योगहरु चलेको दाबी गरिएपनि विज्ञहरु भने ५० प्रतिशत उद्योगहरु बन्द भएको र ४ प्रतिशतमात्रै पूर्ण क्षमतामा संचालन भएको बताउँछन् । विभागका अनुसार यो अवधिमा १० प्रतिशत लघु घरेलु उद्योग बन्द भएका छन् । ४ प्रतिशत साना उद्योगहरु बन्द भएका छन् । तर, ठूला कारोबार गर्ने उद्योग भने चलिहेको विभागको भनाई छ । ४ महिना अन्तराष्ट्रिय हवाई उडान बन्द हुँदा वैदेशिक लगानीमा समेत प्रभाव परेको छ । अघिल्लो बर्ष ३७ अर्ब ३८ करोड वैदेशिक लगानी भित्रिएकोमा असार ३१ गतेसम्मलाई आधार मान्दा बितेको एक बर्षमा ५ अर्ब १८ करोडले वैदेशिक लगानी प्रतिवद्धतामा कमि आएको छ ।
क्याटेगोरी : जनगुनासो, पर्यटन, प्रमुख समाचार, समाचार
ट्याग : #पर्यटन क्षेत्र
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्