Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

अफगानिस्तानमा विद्रोही तालिवानले आक्रमण बढाएपछि देशभर एक महिनासम्म कफ्र्यू आदेश


काठमाडौं । अफगानिस्तान सरकारले देशभरका सबै ठाउँमा एक महिना लामो कर्फ्यू घोषणा गरेको छ । विद्रोही तालिवानले एकपछि अर्को गर्दै शहरी क्षेत्रमा आक्रमण तीव्र पारेपछि सरकारले देशभर कफ्र्यू लगाएको हो । अन्तर्राष्ट्रिय सेनाले देश छोडेपछि तालिवान र अफगानिस्तान सरकारबीचको तनाव बढेको छ । तालिवानले मुलुकको आधा क्षेत्र ओगटेको दावी गरेको छ ।

अमेरिकी सेनाहरू पछि हट्ने बित्तिकै तालिवानले छिटो नाफा हासिल गरेर सीमानाका र ग्रामीण क्षेत्रहरू पनि कब्जा गरेको छ । शान्ति वार्ताको प्रक्रिया अघि बढिरहेका बेला शहरी क्षेत्रमा आक्रमण बढ्न सक्ने चिन्ता छाएको छ । अमेरिकाले अफगान सेनाको आग्रहमा हवाइ हमलाका लागि सघाउने आश्वासन दिएको छ ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तानमा विद्रोही तालिवान

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं