Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

पाकिस्तानस्थित चिनियाँ परियोजनामा कामदारहरुको साथमा बन्दुक


एजेन्सी । पाकिस्तानमा चिनियाँ परियोजनामा कामदारहरुले बन्दुक साथमा राखेर काम गरिरहेका छन् । पाकिस्तानको दासु क्षेत्रमा बम बिष्फोटमा नौ जना चिनियाँ कामदारहरुको ज्यान गएपछि चिनियाँ परियोजनाका कामदारहरुले साथमा बन्दुक राखेर काम गरिरहेका छन् ।

पाकिस्तानमा चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना लक्षित आक्रमण तथा घटना हुने गरेको आशंका को बीच चिनियाँ कामदारहरुले साथमा बन्दुक राख्न थालेका हुन् । उनीहरुले आत्मरक्षाका लागि एके फोट्टी सेभेन बन्दुक साथमा राख्ने गरेको पाईएको छ । गत जुलाई १४ मा खेबर पख्तुन्ख्वास्थित दासु जलबिधुत परियोजना तर्फ गईरहेका कामदारहरु सवार बस बिष्फोट भई दुर्घटना भएको थियो ।

बस बिष्फोटमा नौ जना चिनियाँ कामदार सहित १२ जनाको ज्यान गएको थियो । कामदारहरुले बन्दुक साथमा राखको बिषयले स्पेशल सेक्युरीटी डिभिजन माथि प्रश्न उठेको छ । पाकिस्तान सरकारले चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनाको सुरक्षाका लागि सन् २०१६ मा उक्त स्पेशल सेक्युरिटी डिभिजन स्थापना गरेको हो । स्रोतः विअन


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं