अमेरिकाले यो बर्ष क्वाड सम्मेलन आयोजना गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो बर्ष क्वाड सम्मेलन आयोजना गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले यो बर्ष क्वाड (अमेरिका, अस्ट्रेलिया, भारत र जापानको रणनीतिक फोरम) सम्मेलनको आयोजना गर्ने भएका हुन् । सदस्य राष्ट्रका प्रमुखहरुको व्याक्तिगत उपस्थिति रहने यो पहिलो क्वाड सम्मेलनको मिति भने तोकिएको छैन ।
गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री सुगा योसिहिदे उपस्थित क्वाडको पहिलो बैठक भने भर्चुअल रुपमा आयोजना गरिएको थियो । इन्डो प्यासिफिक क्षेत्रको अमेरिकी संयोजक कर्ट क्याम्पबेलले यो बर्ष हुने क्वाड सम्मेलन अमेरिकाले आयोजना गर्ने बताएका हुन् । यो सम्मेलनमा कोभिड १९ बिरुद्ध खोप नीति तथा पूर्वाधार बिषयमा निर्णायक प्रतिबद्धता हुने क्यापबेलले बताएका छन् ।
सम्मेलनमा सदस्य चार मुलुकहरुले आगामी सन् २०२२ मा इन्डो प्यासिफिक मुलुकहरुमा एक अर्ब डोज जोनसोन एण्ड जोनसोन कोभिड १९ बिरुद्धको खोप उपलब्ध गर्नेबारे छलफल हुने बताईएको छ । इन्डो प्यासिफिक क्षेत्रमा चीनको विस्तारवादी नीतिको प्रतिरोधको रुपमा क्वाड रणनीतिक फोरमलाई लिईने गरिन्छ । स्रोतः द टाईम्स अफ इण्डीया
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति जो बाइडेन, #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्