बिहीबारदेखी उपत्यकामा ८ बजेपछि सवारीसाधन चलाउन नपाईने, निषेधाज्ञा भदौँ ८ सम्म

काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयसहित दुई साता निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका जिसिडियोहरुको बैठकले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारी साधनको आवतजावतमा कडाइ गरिएको जानकारी दिए ।
बिहीबारदेखि काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा बेलुकी ८ बजेदेखि सबै सवारी साधनहरु सञ्चालनमा रोक लगाउने भएको छ । भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले समेत अत्यावश्यक सवारी साधनहरु भने जुनसुकै समय चल्न पाउने जानकारी दिए । अत्यावश्यक सवारीसाधनलाई भने जुन कुनै समयमा निर्वाध चल्न दिइने जनाइएको छ । अहिले जारी निषेधाज्ञा बुधबार राति सकिनेछ । थपिएको निषेधाज्ञा बिहीबारदेखि भदौ ८ गतेसम्म कायम रहने बताइएको छ ।
निषेधाज्ञामा थप कडाई
साउन २८ देखि भदौ ८ सम्म जारी रहने निषेधाज्ञालाई प्रजिअहरुको बैठकले कडाइ गर्ने निर्णय गरेको छ । बसमा सिटभन्दा बढी यात्रु नराख्न सचेत गराइएको छ भने ट्याम्पो लगायतका साना सवारी साधनमा समेत कोचाकोच यात्रु नबोक्न सचेत गराईएको छ । सर्वसाधारणहरुलाई अर्को व्यक्तिसँग दुई मिटर दुरी पालना गर्न र अत्यावश्यकबिना बाहिर ननिस्कन भनिएको छ । पसल तथा व्यवसाय ७ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य मापदण्डहरु पालना नगरिए बन्द गरिने चेतावनी दिइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #काठमाडौं उपत्यका
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्