सोमबार ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो विगत २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ जनाको पीसीआर र ५ हजार ५ सय १८ जनाको एन्टीजेन परिक्षणको क्रममा काठमाडौँमा ६ सय ७७, भक्तपुरमा १ सय १७ र ललितपुमा १ सय ६७ जना गरी काठमाडौँ उपत्यकामा ९ सय ६१ जना सहित देशभर ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमीत मध्ये १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।यो नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको छ । कोरोना संक्रमणका कारण नेपालमा थप ३५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कोरोना संक्रमणबाट मृत्युहुनको कुल संख्या १० हजार ३ सय २७ पुगेको छ । कोरोना संक्रमण पश्चात पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या भने ६ लाख ८५ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् । अहिले निको हुनेदर ९३.२ प्रतिशत छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसन र ३ हजार ३ सय ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ९५ जना आईसीयू र १ सय ९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्