नेपालमा ७५ हजार स्वास्थ्यकर्मीको अभाव, दुर्गममा सेवा गर्न जान चाहदैनन् चिकित्सक
२०४८ सालपछि परिमार्जन हुन सकेन दरबन्दी

काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्र हरेक जनताको पहुँचमा छैन । नेपालमा न पर्याप्त स्वास्थ्य संस्था छन्, नत चिकित्सक नै । जति स्वास्थ्य संस्था छन्, तिनीहरु समेत प्रभावकारी रुपमा चल्न सकेका छैनन् । पछिल्लो समय सार्वजनिक भएको तथ्याङ्कअनुसार नेपालमा अझै पनि झण्डै ७५ हजार स्वास्थ्यकर्मीको अभाव छ । संविधानको मौलिक हकमा सबै नागरिकले स्वास्थ्य सेवा पाउने उल्लेख छ । तर संविधान वा कुनै ऐन, नियममा लेखेर मात्रै नहुने रहेछ । लेखिएका कुरा कार्यान्वयन भएन भने त्यसको कुनै अर्थ रहँदैन । नेपालमा नागरिकको स्वास्थ्यसम्बन्धी हक अधिकारका लागि गरिएका वाचा र कार्यलाई हेर्दा त्यस्तै लाग्छ ।
जनसंख्याको तुलनामा अहिले देशभर झण्डै १५ हजारभन्दा बढि चिकित्सक र झण्डै ७० हजार नर्सको अभाव छ । विश्व स्वास्थ्य संगठनकाअनुसार नेपालको कूल जसंख्याका लागि ३० हजार चिकित्सकको आवश्यकता रहन्छ । तर जति आवश्यकता छ त्यसको आधा भन्दा पनि कम चिकित्सकले स्वास्थ्य सेवा दिइ रहेका छन् । २०४८ साल अगाडि कायम रहेको चिकित्सकको दरबन्दीले अहिलेसम्म स्वास्थ्य संस्थाहरु चलिरहेका छन् ।
४८ सालदेखि दरबन्दि थप गरिएको छैन् । सरकारले कोरोना महामारीका बेलामा समेत ज्यालादारी र करारमा स्वास्थ्कर्मी नियुक्त गरेको थियो । यस्तो पारीपाटीको अन्त्य गरिनु पर्ने माग नेपाल चिकित्सक सघंको छ । मुलुकमा जति चिकित्सक छन्, उनीहरु पनि सेवा सुविधा भएका स्थानमा मात्रै सरुवा हुन चाहन्छन् । यसै कारण विकटका जिल्लामा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव देखिन्छ । तरपनि सरकारले विकट क्षेत्रमा स्वास्थ्यकर्मी खटाउन सकेको छैन् ।
सेवा सुविधाका दिन नसक्दा दुर्गम स्थानमा चिकित्सक नै जान मान्दैनन् । यसका लागि सरकारले सबै स्वास्थ्य संस्थामा खटिने चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा पुनसर्वचार गर्नुपर्ने मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ बताउँछन् । स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकको अवस्था दयनीय छ । उनलै तत्कालै २० हजारको हाराहारीमा दरबन्दी थप गर्नुपर्ने भएकोले त्यही अनुरुप काम भइरहेको दाबी समेत गरेका छन् । यसले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्तिको अभावलाइ हटाएर दुर्गममा समेत चिकित्सकलाई खटाउन सकिने उनी बताउँछन् ।
कुनै बेला नेपाल मेडिकल काउन्सिलमा २४ हजार चिकित्सक दर्ता भएका थिए । तर अहिले त्यो संख्या घटेर १३ हजारमा झरेको छ । मुलुकमा सेवा सुविधाको अभावका कारण चिकित्सकहरु समेत विदेशीन थालेका छन् । जसले गर्दा स्वास्थ्य उपचारबाट नागरिकले बञ्चित हुनु परेको छ । एउटा चिकित्सकले ५ देखि ७ जना विरामी हेर्नु पर्ने हुन्छ । तर सरकारी अस्पतालको कुरा गर्ने हो भने १ सयदेखि १ सय ५० जना भन्दा बढी विरामी एउटै चिकित्सकले हेर्नुपर्ने अवस्था छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #स्वास्थ्य संस्था, #स्वास्थ्यसम्बन्धी हक
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्