Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

नोभेम्बरदेखि १८ महिना बन्द रहेको सीमा अस्ट्रेलियाले खोल्ने


काठमाडों । अस्ट्रेलियामा कोरोना महामारी फैलिएको एक वर्षभन्दा धेरै समय अर्थात् १८ महिनापछि पहिलो पटक आफ्नो देशमा प्रवेश गर्न दिने गरी आउँदो नोभेम्बरदेखि अन्तर्राष्ट्रिय सिमाना खुला हुने भएको छ । अहिले आफ्ना नागरिक र विशेष छुट प्राप्त व्यक्तिलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको बताइएको छ ।

अस्ट्रेलियामा गएको वर्षको मार्चमा कोरोना सङ्क्रमणका कारण कडा सीमा नियम लागू गरिएको थियो । यहाँसम्म कि देशका नागरिकलाई नै देशबाट बाहिर जान प्रतिबन्ध थियो । कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि यस नीतिको सराहना पनि गरिएको थियो तर परिवारबाट टाढा हुनु परेका कारण यसको आलोचना पनि भएको थियो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कुनै राज्यमा खोप लगाउनेको सङ्ख्या ८० प्रतिशत पुगेपछि त्यहाँका नागरिकले यात्रा गर्न सक्ने जानकारी दिए ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अस्ट्रेलियामा कोरोना महामारी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं