Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधी प्रभावकारी


काठमाडौं । परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधिले प्रभावकारी काम गरेको अमेरिकी औषधि उत्पादक कम्पनीले जानकारी दिएको छ । अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले गम्भीर बिरामी र ज्यान जानसक्ने अवस्थालाई रोक्न सकिने नतिजा आएको हो ।

यो ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको बताइएको छ । अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने उत्पादनक कम्पनीले जानकारी दिएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुनःमूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी अपनाउनुपर्ने जनाएको छ ।

यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको भएपनि अहिले कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको थियो । ७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशत मात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ । यसलाई सकारात्मक नतिजाका रुपमा हेरिएको छ ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कोरोना भाइरसविरुद्धको खाने औषधि

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं