Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

प्यान्डोरा पेपर्स : गैरकानुनी सम्पत्ति राख्नेमा विश्वका नेता तथा र पूर्व राष्ट्रपति र राजनेताहरु पनि


प्यान्डोरा पेपर्सले विश्वका प्रतिष्ठित नेता, राजनेता तथा अर्बपतिहरुको गोप्य धन र कारोबारबारे खुलासा गरेको छ । अफशोर कम्पनी (नाम मात्रका कम्पनी) स्थापना गरेर लगानी तथा शेयर खरिद–बिक्री गरेको खुलासा भएको हो ।

गैरकानुनी रुपमा आर्जन गरेको रकम लुकाउनका लागि उनीहरुले करछलीका लागि सहज मानिने ट्याक्स हेभनमा अफशोर कम्पनी खोलेर लगानी गरेको खुलासा भएको प्यान्डोरा पेपर्समा उल्लेख छ । यसमा ३५ जना वर्तमान अवस्थामा कार्यकारी भूमिकामा रहेका व्यक्ति छन् भने पूर्व नेता तथा ३ सयभन्दा धेरै सार्वजनिक पदाधिकारीहरुको नाम समेटिएको छ ।

उनीहरुको कर छल्ने हिसाबले देश बाहिर स्थापना गरिएका अफशोर कम्पनीहरुका फाइल भेटिएको बीबीसीले जनाएको छ । ती कागजपत्रले जोर्डनका राजाले बेलायत र अमेरिकाका सम्पत्तिबाट ७० मिलियन पाउण्ड गोप्य रुपमा जम्मा गरेको देखाएको छ ।

यस्तै, बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र उहाँकी श्रीमतीले लण्डनमा रहेको कार्यालय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउण्ड जोगिएको खबरमा उल्लेख गरिएको छ । यस्तै, प्यान्डोरा पेपर्सले मोनाकोमा रहेको गोप्य सम्पत्तिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध रहेको देखाएको छ ।

यस्तै, युक्रेन, केन्या, इक्वेडरका राष्ट्रपति, चेक गणतन्त्रका प्रधानमन्त्री तथा अमेरिका, रुस, टर्की लगायतका देशका अर्बपतिको पनि गोप्य आर्थिक कारोबार रहेको खुलासा गरिएको छ ।

अमेरिकाको वासिङ्टन डीसीमा रहेको अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र, इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट आईसीआइजेसहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा प्यान्डोरा पेपर्स सार्वजनिक भएको हो ।

पछिल्लो पटक सार्वजनिक भएको वित्त गतिविधि सम्बन्धी गोप्य कागजातहरु, जस्लाई प्यान्डोरा पेपर्स नाम दिइएको छ । पछिल्लो सात वर्षमा गोप्य कागजातहरु सार्वजनिक हुने क्रम जारी रहेको छ र प्यान्डोरा पेपर्स त्यसकै निरन्तरता हो ।   यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्स सार्वजनिक भएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #अफशोर कम्पनी, #प्यान्डोरा पेपर्स

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं