Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

जापानमा लाग्यो आमचुनाव


काठमाडौं । जापानमा आमचुनावको तयारी सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थालेका छन् । देशको १०० औं प्रधानमन्त्रीमा नियुक्त भएपछि किशिदाले चुनावको मिति घोषणा गर्ने तयारी थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनले यही अक्टोबर ३१ का दिन चुनाव गर्नेगरी तयारी अघि बढाएका छन् ।

जापानको प्रतिनिधि सभाको अवधि यही अक्टोबर २१ देखि सकिँदैछ । प्रधानमन्त्री किशिदाले अक्टोबर १४ तारिखमा तल्लो सदन विघटन गर्ने योजना बनाएको खबरमा उल्लेख गरिएको छ । गएको हप्ता सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व सम्हाल्नुभएको किशिदालाई हिजो संसदमा भएको मतदानले प्रधानमन्त्रीमा अनुमोदन गरिएको थियो ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं