Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

देशभर बेमौसको बाढी र पहिरोको वितण्डा, जनधनको ठूलो क्षति, बझाङमा २३ जना बेपत्ता

कुबेलाको बाढी र पहिरोले ९ जनाको ज्यान लियो


काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी बझाङको थलारा गाउँपालिका–४ डिख्लामा २३ जना बेपत्ता भएका छन् । माथीबाट झरेको पहिरो बस्तिमा पर्दा डिख्लाका ७ घर बगाएको छ, जसका कारण गाउँ नै विस्थापित भएको प्रहरीले जनाएको छ । उद्धारकालागि प्रहरी घटनास्थल हिडेपनि खराव मौसमका कारण घटनास्थल पुग्न सकेको छैन । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका परिवार र नरे सार्कीका परिवार र अन्य छिमेकी रहेको स्थानीयको भनाई छ । त्यस्तै सेती नदीमा आएको बाढीका कारण बैतडी, बझाङ लगायतका जिल्लामा क्षेती पु¥याएको छ ।

सिगास गाउँपालिका–५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पस्दा क्षेती पु¥याएको छ । विपद् व्यवस्थापनका लागी तीनवटै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ मा राखिएको छ । त्यस्तै अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले सूचना प्रकाशित गरी बाढीले खतराको सङ्केत नजिक पुगेकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ । बाहुली खोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ ।

त्यस्तै बाढीले विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पु¥याउदा सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ । आईतबार देखी परेको लगातारको वर्षाका कारण पश्चिम तराई र सुदूरपश्चिमको पहाडी क्षेत्रमा ठूलो क्षेती पुगेको छ । बाढी पहिरोमा परी अहिले सम्म ६ जनाको ज्यान गएको छ भने सयौ घर परिवार डुवानका कारण विस्थापीत भएका छन् । तराई क्षेत्रमा तयारी अबस्थामा भएको धान भित्राउन नपाउदा किसान मारमा परेका छन् । कार्तिक सुरु भएसङै मनसुन पुन सकृया भएको छ । जसका कारण किसानले करोडौको क्षति ब्यहोर्नु परेको छ ।

वर्षाका कारण आएको पहिरोमा परी कालीकोट र डडेलधुरामा दुई जनाको मृत्यु भएको छ भने वर्षाका कारण घर भत्किदा डोटीमा दुई बालकको ज्यान गएको छ । त्यस्तै सुनसरीको धरानमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । वर्षासँगै खसेको पहिरोले घर पुरिँदा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो । अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । त्यस्तै डोटीमा वर्षाले घर भत्किदा दुई बालकको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–६ मा स्थानीय बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको हो ।

आइतबारदेखि परेको वर्षाले पश्चिम तराईका अधिकांश खेतका धान नष्ट पारेको छ । धान काटेर भित्राउनु अघि नै पानीले धान भिजाउँदा किसानहरु मारमा परेका छन् । त्यस्तै, महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् । बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको छ । महाकाली नदी र जोगबुढा नदीमा अहिले सम्मकै ठूलो बाढी आउँदा तटीय क्षेत्रका सयौं घरपरिवार प्रभावित भएका हुन् ।

बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बाढी र पहिरो

तपाईको कमेन्ट लेख्नुहोस्