काठमाडौंमै बढ्यो डेंगुको संक्रमण, अस्पतालहरुमा विरामी बढे

काठमाडौं । कोरोना महामारीको बेला नियन्त्रणमा देखिएको डेंगु संक्रमणको जोखिम फेरि बढ्न थालेको छ । पछिल्ला दिन काठमाडौका विभिन्न अस्पतालहरुमा डेंगुका विरामीहरु भर्ना हुने क्रम बढेको पनि छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको प्रकोपबाट बच्न चिकित्सकले सुझाव समेत दिएका छन् । कोरोना माहामारी सुरु भएयता नेपालमा डेंगुको संक्रमण खासै देखिएको थिएन । तर यस बर्ष यो रोगको प्रकोप बढेको छ । खास गरेर वर्षायाममा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग उपत्यका बाहिरका जिल्लाहरुमा बढी देखिने गरेको थियो । तर यसपटक उपत्यका मै डेंगुको अत्याधिक प्रकोप देखिएको छ ।
उपत्यकामा लामो समय फोहोर व्यवस्थापन नहुँदा यो रोगको सामना गर्नु परेको विरामीको गुनासो छ । खासगरी डेंगु फैलाउने लामखुट्टे सक्रिय हुने समय मनसुनपछिको दिन अर्थात् कात्तिक र मंसिर महिना नै हो । डेंगु लागेमा ज्वरो आउने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, शरीरमा स–साना बिमिरा आउने, आँखा रातो हुने, वाकवाक लाग्ने जस्ता लक्षणहरु देखिने गर्छन् । अहिले कोरोना संक्रमणको जोखिम कम भइ नसकेको अवस्थामा समेत कतिपयले यो रोगलाई समान्य रुपमा लिने र परामर्शका लागि अस्पताल समेत नजाने देखिएको छ । तर, चिकित्सक भने यो रोगको लक्ष्मण देखिएको खण्डमा लापरवाही गर्न नहुने धारणा राख्छन् ।
मुख्यतया डेंगुवाट बच्न लामखुट्टेको टोकाइवाटै बच्नुपर्छ । तसर्थ आफ्नो घर सफा राख्दै पानी जम्ने खाल्डा खुल्डीहरु पुर्नुपर्छ । साथै दिउसोमा लामखुट्टेको टोकाईबाट बच्न धुप वा क्रिम प्रयोग गर्नु झ्याल ढोकामा जाली राख्न चिकित्सकले सुझाव दिएका छन् । सन् २००४ मा नेपालमा पहिलो पटक डेंगुको रोगी भेटिएका थिए । सुरुमा विदेशी नागरिकमा भेटिएको डेंगु सन् २००६ मा भने तराई तथा भित्री मधेसका केही जिल्लामा फेला परेको थियो । त्यसपछि भने यसले अन्य जिल्लाहरुमा समेत महामारीको रूप लिन थालेको छ । कोरोना संक्रमण जोखिम कायमै रहँदा डेंगुका बिरामी बढ्दै जाँदा यसपाली पनि यो रोगले महामारीको रुप लिन सक्ने देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना महामारी, #डेंगुको संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्