Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

विश्वकपमा छनोट भयो विश्व नम्बर १ बेल्जियम


काठमाडौं । विश्व नम्बर १ टोली बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । छनोट चरणमा एक खेल बाँकी छँदै नै रोबर्टो मार्टिनेजको टोलीले विश्वकपमा प्रवेश पाएको हो । समूहको अन्तिम खेलमा अब बेल्जियमले वेल्सको सामना गर्नेछ ।

क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले खेलको ११ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बेल्यिजमको अग्रता दोब्बर बनाए ।

७४ औँ मिनेटमा थोरगान हाजार्डले तेस्रो गोल गरे । हाजार्डको गोलअघि एस्टोनिया एरिक सोरगाले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोल मात्र बन्न पुग्यो । समूहकै अर्को खेलमा वेल्सले बेलारुसमाथि ५ १ को शानदार जीत हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #बेल्जियम

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं