Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अर्को महामारी कोभिडभन्दा निकै घातक हुने चेतावनी


काठमाडौं । भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने अक्सफर्ड आस्ट्राजेनेका खोपका एक विकासकर्ताले चेतावनी दिएकी छन्। प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने बताएकी हुन् । उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिएकी छन् । उनले यसबारे थप थाहा नहुँदासम्म मानिसहरू सजग हुनुपर्ने बताइन्।

उनले भनिन्, भाइरसले हाम्रो जीवन र जीविकालाई त्रासमा पारेको यो अन्तिम पटक हुने छैन। सत्य के हो भने अर्को निकै खराब हुनसक्छ। त्यो निकै सङ्क्रामक र घातक वा दुवै हुनसक्छ जनाएको बीबीसीले जनाएको छ । उनले त्यस्तो अवस्था दोहोरिन नदिनका लागि अझै पर्याप्त आर्थिक आधार सहितको तयारी नगरिएको बताइन् ।

ओमिक्रोन भेरिअन्टबारे बोल्दै उनले उत्परिवर्तन भएका स्पाइक प्रोटिनले त्यसको सङ्क्रामक क्षमता उच्च भएको देखाउने बताइन् । तर त्यहाँ थप परिवर्तनहरू भएका छन् जसको अर्थ खोप वा अन्य भेरिअन्टले विकास गरेको प्रतिरोधी तत्त्व ओमिक्रोनबाट बच्न कम प्रभावकारी हुनसक्छ। यद्यपि उनले सङ्क्रमण विरुद्धको घट्दो संरक्षण र मध्यम खाले रोगको अर्थ गम्भीर रोग र मृत्युबाट पनि खोपले नबचाउने भन्ने चाहिँ भइनहाल्ने बताइन् ।

उनले महामारीका बेला छिट्टै खोप र औषधिहरू बनेको प्रगतिलाई एउटा मापदण्डका रूपमा राख्नुपर्ने बताइन् । उनले फ्लुको जोखिमलाई हटाउन विश्वले एउटै खोप विकास गर्न नसक्नुको कुनै कारण नभएको पनि बताइन्।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं