Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

तालिबानले लगायो विज्ञापनमा महिलाको फोटो प्रयोग गर्न प्रतिबन्ध


काठमाडौं । अफगानिस्तानमा तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो । काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ ।

सरकारको यो निर्णयले आफूलाई आर्थिक तथा व्यावसायिक संकट पर्ने व्यवसायी शायस्ता सैफीले बताएकी छन् । महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई महिला अधिकारको उपेक्षा नगर्न आह्वान गर्दै आएका छन् । उनीहरूले तालिबान समूहले आफ्नै प्रतिबद्धतालाई उल्लङ्घन गर्दै आएको आरोप लगाएका छन् ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #तालिबान समूह

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं