Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

बन्दुकधारीद्वारा नाइजेरियामा करीब २०० जनाको हत्या


काठमाडौं । बन्दुकधारीहरूले नाइजेरियामा करीब दुई सय जनाको हत्या गरेको छ । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार बन्दुकधारीहरुले १५४ जनाको शव गाडेका थिए ।

केही शव संकलन गरी सेनाले सामूहिक अन्त्येष्टि गरेको थियो । मोटरसाइकल चढेर आएका करीब ३ सय जना आक्रमणकारीले १० वटा गाउँमा आक्रमण गरेको बताइएको छ । आक्रमणकारीहरूले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको गुनासो छ ।

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं