Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

चर्चित भारतीय गायिका लता मंगेशकरको सम्झना,भारत सरकारद्धारा दुई दिने राष्ट्रिय शोक घोषणा


काठमाडौं । चर्चित भारतिय गायिका लता मंगेशकरले आइतबार मुम्बइस्थित ब्रिच क्यान्डी अस्पतालमा अन्तिम सास लिइन् । संयोग नै मान्नु पर्छ, स्वरकी सरस्वती मानिने मंगेशकरको ९२ वर्षको उमेरमा सरस्वती पुजा कै दिन निधन भयो । गत जनवरीमा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै मंगेशकरको स्वास्थ्य अवस्था बिग्रिन्दै गएको थियो । उनको निधन भएको खबरले भारतमा मात्रै नभएर नेपाल लगायत विश्व म शोकको माहौल बनेको छ । भारतीय गायिका लता मंगेशकरले स्वर जुन शब्दमा खेल्थ्यो, त्यो गीत सधैँ जीवन्त बन्ने गथ्र्यो । किनकि लताको आवाज नै उनको पहिचान थियो, जुन कहिल्इै मर्न सक्दैन ।

भारतको सबैभन्दा ठूदो नागरिक सम्मान भारत रत्नबाट विभूषित पाश्र्व गायिका मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भयो । उनको बिदाईमा उनलाई असिम माया र श्रद्धा गर्ने विश्वभरका करोडौं प्रसंसकको मनमा एउटै गीत गुञ्जिएको छ– ’नाम गुम जाएगा, चेहेरा ए बदल जाएगा, मेरी आवाज ही पेहचान है, गर याद रहे’ । अर्थात् नाम हराउँछ, अनुहार परिवर्तन हुन्छ, मेरो आवाज नै पहिचान हो, जुन सदा याद रहन्छ । उनको आवाजले विश्वभरका संगीतप्रेमीलाई प्रेम र विछोडमा मात्र साथ दिएन । केही गीतले युद्धको मार्मिक याद दिलायो भने केहीले भक्तिको रस पोख्यो ।

सात दशक लामो गायन यात्रामा उनले विभिन्न ३६ भाषामा ३० हजारभन्दा बढी गीतमा स्वर दिइन् । एक हजारभन्दा बढी हिन्दि चलचित्रमा स्वर भरिन् । नेपाली भाषाका केही गीतमा समेत आफ्नो स्वर दिएकी उनको साथमा उभिएर गायक रामकृष्ण ढकालले समेत गीत रेकर्ड गराएका छन् । करिब ११ बर्ष अघि मुम्बइस्थित लतास्वर स्टुडियोमा फुल भन्छ फुलि रहुँ..रेकर्ड भयो यो गित निकै चर्चित पनि बन्यो । त्यो गीलाई आफूलाई साथ दिने मगेंशकरलाई गायक ढकालले पनि भावपूर्ण रुपमा सम्झिएका छन् ।

स्वरकी देवी लताले हिन्दि चलचिकका नायिका मधुबालादेखि माधुरी दीक्षित र काजोलसम्मलाई स्क्रिनमा सफल बनाउन मद्दत गरेकी छन् । हिन्दी सिनेमामा सायदै यस्ता कोही सेलिब्रिटी बाँकी होलान्, जसलाई लता मंगेशकरले आफ्नो आवाज नदिएकी हुन् । सन् १९९१ मै गिनिज बुक अफ वल्र्ड रेकर्डलाई उनी संसारभरी कै सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिकाका रुपमा परिचित गराएको थियो । भजन, गजल, कव्वाली शास्त्रीय सङ्गीत होस् वा आधुनिक फिल्मी गीत, सबैमा उनको स्वरको जादु चल्ने गथ्र्यो ।

नेपाली संगीतकार आलोक श्रीले स्वर्गीय मंगेशकरलाई श्वरकी अनुपम वरादनप्राप्त कलाकारका रुपमा सम्झिएका छन् । महाराष्ट्रमा थिएटर कम्पनी चलाउने आफ्नो जमानाका चर्चित कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी लताको जन्म २८ सेप्टेम्बर सन् १९२९ मा इन्दौरमा भएको थियो । मधुर स्वरकी धनी लताको निधनले उनका लाखौं प्रसंसकलाई स्तब्ध बनाएको छ । नेपालकी राष्ट्रपति र प्रधानमन्त्रीले समेत उनको निधनमा समाजिक संजालमार्फत श्रद्धाञ्जली दिएका छन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #भारतिय गायिका लता मंगेशकर, #लता मंगेशकर

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं