Techie IT
  • १६ वैशाख २०८२, मंगलबार
KhojPatrika

रोकिएन युक्रेनमा आक्रमक,पूर्वी डोनबास क्षेत्रमा भिडन्त


काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वी डोनबास क्षेत्रमा रुसले ठूलो मात्रामा आक्रमण गरिरहेको बताएका छन् । युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिवले यसअघि मस्कोले डोनेस्क, लुहान्स्क र खार्किभ क्षेत्रमा प्रतिरक्षा तोड्ने प्रयास गरेको बताएका थिए ।

युक्रेनी अधिकारीहरूले देशका विभिन्न शहरहरूमा रुसी बमबारीमा कम्तीमा १७ जनाको ज्यान गएको बताएका छन् । पश्चिमी शहर ल्भिभमा धेरै मिसाइलहरू प्रहार हुँदा सात जनाको मृत्यु भएको थियो ।

यो क्षेत्र अहिलेसम्म आक्रमणबाट जोगिदै आएको थियो । युक्रेनी युद्धका कारण ४९ लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर पलायन भएको राष्ट्रसंघले जनाएको छ ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #युक्रेनी राष्ट्रपति भोलोडिमिर, #रुसले ठूलो मात्रा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं