घातक बन्न सक्छन बालबालिकालाई मोबाइल र टीभी, साझा समस्यालाई ध्यान दिऔं

काठमाडौं । मोबाइल, टिभी, कम्युटरलगायतका विद्युतीय उपकरण बालबालिकाका लागि लागुऔषधभन्दा ठूलो समस्या बन्न थालेका छन् । बालबालिकाले पठनपाठन, खानपान र पारिवारिक तथा सामाजिक गतिविधि भन्दा बढी मोवाइल, कम्युटरलगायतमा ध्यान दिने समस्या अधिकांश अभिभावकका साझा समस्या बन्ने गरेका छन् । बच्चा भुलाउने नाममा मोबाइल, टिभी दिएका कारण बालबालिकामा गम्भीर असर परेको भन्दै चिकित्सकहरूले सचेत गराएका छन् ।
बालबालिकामा बढ्दै गएको यो लत लागुऔषधभन्दा खतरनाक हुने दाबी गर्ने चिकित्सकहरु मोबाइल, टिभी धेरै हेर्ने बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने गरेको बारे अभिभावक सचेत हुनुपर्ने बताउँछन् । बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रा नपर्ने, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुनेजस्ता समस्या बढिरहेको बताए ।
‘पाँचरसात वर्षयता निकै गम्भीर तरिकाले यस्ता समस्या बढेको छ, बच्चाहरूमा स्मरण शक्ति गुमेको छ । योसँगै रचनात्मक काम गर्ने वातावरण नै हराउँछ, यो लागुऔषधभन्दा ठूलो कुलत बनिसक्यो’, डा.पोखरेल बताउछन् । नेपालका कतिपय जिल्ला तथा गाउँ तहमै चिकित्सकहरू आबद्ध रहेको रोटरी इ—क्लव अफ मेडिको फ्युजन हाइब्रिड नेपालले ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइलरटिभी नदेखाऊँ’ अभियान नै सुरु गरेको छ ।
डा. विनिता भट्टराई समेत मोबाइलका कारण हरेक घरमा रहेका बच्चा खेलौनाजस्ता बनेको र उनीहरूमा रचनात्मक क्षमता हराउँदै गएको बताइन्। डा. विनिता अभियान देशैभर विस्तार गरेर बालबालिकालाई जोखिमबाट बचाउनुपर्ने बताइन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिकामा थालिएको समाज सुधारको ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइलरटिभी नदेखाऊँ’ अभियान देशभर विस्तार गर्नुपर्ने आवाज समेत उठेको छ । नेपालमा मात्रै नभएर मोवाइल र टिभी बालबालिकाका लागि विश्वव्यापी समस्या बनिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कम्युटर, #टिभी, #मोबाइल, #लागुऔषध
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्