Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

भारतको गुजरातमा झोलुंगे पुल चुँडिदा १ सय ४० जनाको मृत्यु


काठमाडौं । भारतको गुजरातस्थित मोरबीमा रहेको मच्छु नदीको झोलुंगे पुल चुँडिदा कम्तीमा १ सय ४० जनाको मृत्यु भएको छ। १ सय ४३ वर्ष पुरानो मच्छु पुल झण्डै ४०० मानिस रहेका वेला बीच भागबाट चुँडिएको हो ।

लामो समय बन्द गरेर केही समयअघि मर्मतपछि सञ्चालनमा आएको पुल भार धान्न नसकेर चुँडिएको बताइएको छ । आइतबारसाँझ भएको दुर्घटनापछि अझै नदीमा बेपत्ताको खोजी भइरहेको छ । बिदा दिनमा मानिस पुलमा घुम्न आएको समयमा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मर्मतपछि यो पुल र आसपासको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको थियो । टिकट काटेर पुलमा गएकाहरू घटनामा परेका हुन्। घटनापछि गुजरात सरकारले मृतक, घाइते तथा बेपत्ता परिवारलाई राहत प्याकेजको घोषणा गरेको छ। राष्ट्रपति द्रौपति मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गरेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्