बहराइनमा भयो विपक्षी उम्मेदवारविना नै मतदान

काठमाडौं । बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान सकिएको छ । शनिबार सम्पन्न मतदानमा सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार उठाउन रोकेको थियो ।
यसको आलोचना भइरहेको छ । मतदानमा विपक्षी दुई दललाई सहभागी हुन रोक लगाएपछि मतदानको कुनै अर्थ नरहेको भन्दै मानव अधिकारवादी समूहले चर्को आलोचना गरिरहेका छन् ।
सन् १९९९ को मार्चमा आफ्ना पिताको निधनपछि शासन गर्दै आएका राजा हमाद बिन इसा अल–खलिफालाई सल्लाह दिने संसद्को तल्लो सदन ४० सदस्यीय प्रतिनिधि परिषदमा ७३ महिलासहित ३ सय ३० भन्दा धेरै उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यो मतदानले कुनै परिवर्तन नल्याउने बेलायतमा रहेको बहराइनका मानव अधिकारकर्मी अली अब्दुलेमामको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #बहराइन, #राजतन्त्रात्मक देश
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्