अमेरिकामा गोली चल्दा तीन फुटबल खेलाडी मारिए

काठमाडौं । अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ। फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन्।
युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। एक संदिग्ध पक्राउ परेका छन्। प्रहरीले अनुसन्धान जारी राखेको छ।
मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्