अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि अनुसन्धान गर्न स्वतन्त्र वकिल नियुक्त

काठमाडौं । अमेरिकी न्याय विभागले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक अनुसन्धानको निरीक्षण गर्न एक स्वतन्त्र वकिललाई नियुक्त गरेको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले ज्याक स्मिथ नामक एक पूर्व युद्ध अपराध अभियोजकलाई सल्लाहकार नियुक्त गरिएको जानकारी दिए ।
उनले ट्रम्पले गोप्य कागजातहरू र क्यापिटल दंगामा कथित भूमिका कसरी ह्यान्डल गरे भन्ने अनुसन्धानको नेतृत्व गर्नेछन् । ट्रम्पले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आएकाछन । उनले पुनः राष्ट्रपति निर्वाचनका लागि पुनः उम्मेदवारी घोषणा गरेकाछन ।
केही असाधारण केसहरूमा स्वतन्त्र रूपमा अनुसन्धान र अभियोजनको व्यवस्थापन गर्न विशेष अभियोजक नियुक्त गर्नु सार्वजनिक हितमा हुने गारल्याण्डले बताए । उनले यस कदमले अनुसन्धानमा जनताको विश्वास बढाउने बताए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्