पहिलो पटक फिफा विश्वकपमा महिला रेफ्री

काठमाडौं । शुक्रबार अर्थात् डिसेम्बर २ मा हुने फिफा विश्वकपको खेलमा पहिलो पटक महिला रेफ्रीहरू देखिदै छन् । जर्मनी र कोस्टारिका बीचको समूह ईको खेलमा फ्रान्सकी स्टेफानी फ्रापार्टले मैदानमा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नेछिन् । फ्रेपार्टसँग थप दुई महिला रेफ्री सहायक रेफ्री रहनेछन् ।
उनीसँग नुइजा ब्याक र क्यारेन डियाजले सामेल हुनेछन्। यसअघि ३८ वर्षीय फ्रापार्ट सन् २०१९ मा फ्रान्सको लिग–१ मा रेफ्री बनेकी थिइन् । फ्रापार्टले २०१९ मा महिला विश्वकपको फाइनलमा पनि रेफ्री गरेकी थिइन्। उनी २०१९ यूईएफए सुपर कपको फाइनल खेलका लागि रेफ्री प्यानलमा थिइन् भने २०२० को च्याम्पियन्स लिगमा सहायक रेफ्री थिइन् ।
फिफा विश्वकपमा छनोट भएपछि फ्रापार्टले भनेकी थिइन्, ‘विश्वकपका लागि छनोट भएकोमा म निकै खुसी छु । अब छनोट लिङ्गका आधारमा होइन योग्यताका आधारमा हुन्छ । फिफाले विश्वकपमा महिला रेफ्री बोलाएर विश्वलाई कडा सन्देश दिएको छ ।’ इन्टरनेशनल फेडरेशन अफ फुटबल हिस्ट्री एन्ड स्टेटिस्टिक्सको तर्फबाट फ्रापार्टले सन् २०१९, २०२० र २०२१ मा उत्कृष्ट रेफ्रीको अवार्ड पाएकी छन् ।
क्याटेगोरी : खेलकुद, विदेश, समाचार
ट्याग : #जर्मनी र कोस्टारिका, #महिला रेफ्री
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्