बेलायतको हिथ्रो विमानस्थलमा रेडियोधर्मी युरेनियमसहित पाकिस्तानबाट आएको कार्गो जफत

लन्डन– पाकिस्तानबाट निर्यात भएको एक कार्गो कन्साइनमेन्टमा बेलायतको हिथ्रो एयरपोर्टमा जफत गरिएको छ । यो युरेनियमबाट बम बनाउन प्रयोग गर्न सकिने द सनले लेखेको छ । बेलायती ट्याब्लोइड द सनका अनुसार युरेनियम भएको प्याकेज मस्कटबाट ओमान एयरको यात्रुवाहक विमानमा हिथ्रोको टर्मिनल चारमा अवतरण गर्नुअघि पाकिस्तानबाट आएको थियो।
रेडियोधर्मी सामग्री भएको प्याकेज डिसेम्बर २९ मा नियमित जाँचपछि बेलायतको विमानस्थलमा पत्ता लागेको थियो। हिथ्रोको कार्गो खण्डमा फेला परेको युरेनियम प्याकेज बेलायतमा रहेको इरानसँग सम्बन्धित फर्मलाई सम्बोधन गरिएको द सनले रिपोर्टमा उल्लेख गरिएको छ । डेलीमेल अनलाइनका अनुसार कमाण्डर रिचर्ड स्मिथले अनुसन्धान जारी राखेको बताएका छन् ।
सन् २००४ मा, पाकिस्तानको आणविक बमका पिता अब्दुल कादिर खानले एक दशकभन्दा बढी समयदेखि आणविक प्रविधिको कालोबजारी चलाउँदै आएको र इरान, लिबियालगायत देशलाई आणविक गोप्य कुराहरू उपलब्ध गराएको थाहा पाएपछि विश्व नै स्तब्ध भएको थियो। (एएनआई)
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्