Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

भारतीय प्रधानमन्त्री मोदी र इजिप्टका राष्ट्रपति सिसीद्वारा आतंकवाद विरुद्ध शून्य सहनशीलता अपनाउन आह्वान


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले आतंकवाद विरुद्ध शून्य सहनशीलता अपनाउन आग्रह गरेका छन् । शिखर सम्मेलनमा भारत र इजिप्ट सम्बन्ध थप मजबुत भएको छ । दुई देशबीच रक्षा, राजनीतिक, ऊर्जा र आर्थिक सहकार्य हुने बताइएको छ ।

यसैक्रममा भारत र इजिप्ट बीच साइबर सुरक्षामा सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो बाहेक चार ओटा अन्य क्षेत्रको लागि पनि हस्ताक्षर भएको छ । सीमापार आतंकवादको सन्दर्भ भारतको लागि महत्त्वपूर्ण छ । कश्मीर मुद्दामा भारत विरुद्ध पाकिस्तानको प्रचार अभियानमा इजिप्टले सहयोग गर्ने भारतको बुझाई छ ।

इजिप्ट एक इस्लामिक देश हो । ‘भारत र इजिप्ट विश्वभर आतंकवादको फैलावटबाट चिन्तित छन् र आतंकवाद मानवताको लागि सबैभन्दा गम्भीर सुरक्षा खतरा रहेको विचारमा एकमत छ।

सीमापार आतंकवादको अन्त्य गर्नका लागि ठोस कार्य आवश्यक छ भन्ने कुरामा दुवै देश सहमत छन्। र यसका लागि हामी मिलेर अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउने प्रयास जारी राख्नेछौं’ भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनमा भनेका छन् ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #प्रधानमन्त्री नरेन्द्र मोदी

तपाईको कमेन्ट लेख्नुहोस्