मोदी र सिसीद्वारा आतंकवाद विरुद्ध शून्य सहनशीलता अपनाउन आह्वान

नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले आतंकवाद विरुद्ध शून्य सहनशीलता अपनाउन आग्रह गरेका छन् । शिखर सम्मेलनमा भारत र इजिप्ट सम्बन्ध थप मजबुत भएको छ । दुई देशबीच रक्षा, राजनीतिक, ऊर्जा र आर्थिक सहकार्य हुने बताइएको छ ।
यसैक्रममा भारत र इजिप्ट बीच साइबर सुरक्षामा सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो बाहेक चार ओटा अन्य क्षेत्रको लागि पनि हस्ताक्षर भएको छ ।
सीमापार आतंकवादको सन्दर्भ भारतको लागि महत्त्वपूर्ण छ । कश्मीर मुद्दामा भारत विरुद्ध पाकिस्तानको प्रचार अभियानमा इजिप्टले सहयोग गर्ने भारतको बुझाई छ । इजिप्ट एक इस्लामिक देश हो । ‘भारत र इजिप्ट विश्वभर आतंकवादको फैलावटबाट चिन्तित छन् र आतंकवाद मानवताको लागि सबैभन्दा गम्भीर सुरक्षा खतरा रहेको विचारमा एकमत छ।
सीमापार आतंकवादको अन्त्य गर्नका लागि ठोस कार्य आवश्यक छ भन्ने कुरामा दुवै देश सहमत छन्। र यसका लागि हामी मिलेर अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउने प्रयास जारी राख्नेछौं’ भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनमा भनेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्